सिन्धु सोसाइटी अमेरिकाद्वारा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई सम्मान
- अशोज २२, २०८०
- 0
सिन्धु सोसाइटी अमेरिकाले सिन्धुपाल्चोक जिल्लाबाट २०७९ को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई सम्मान गरेको छ ।
सोसाइटीले एसईई परिक्षामा छात्र तथा छात्रातर्फ जिल्ला प्रथम हुन सफल बाल शिक्षा माध्यमिक बिधालय खाडीचौरका छात्रा संस्कृती चालीसे, मेलम्चीघ्याङ माबि हेलम्बुका बिबेक श्रेष्ठ र आस्विन तामाङ, प्रगती ईङलिस स्कुल मेलम्चीका खुशी श्रेष्ठ र सजना बस्नेतलाई नगदसहित सम्मान गरेको हो ।
उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य बेद बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)को बिशेष आतिथ्यता तथा शिक्षा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण प्रसाद सुबेदी, हिमालय सिमापार बाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिन्धुपाल्चोक उधोग बाणिज्य संघ तथा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, सिन्धु सोसाइटी अमेरिकाको नेपालका प्रतिनिधि तथा संस्थाको संस्थापक अध्यक्ष बंसलाल तामाङु, सदस्य भुपेन्द्र भण्डारीलगायत संचारकर्मी, विद्यार्थीहरु तथा स्थानियवासीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा पुरस्कार वापत रू १ लाख ३२ हजार प्रायोजन गर्ने भट्ट ल एण्ड एसोसीयट, न्यूयोर्क, अमेरीका लगायत कार्यक्रममा सहभागीलाई सोसाइटीले आभार प्रकट गरेको थियो ।












