इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान
इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय
- अशोज २२, २०८०
- 0
इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्दारबारे आवश्यक निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलिय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका र मन्त्रिपरिद् बैठक लगत्तै साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
उनले भने ‘प्रधानमन्त्रीबाट दिउसो चारबजे मन्त्रिपरिषद् र त्यस लगत्तै सर्वदलिय बैठक आह्वान भएको छ ।’
बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने अपेक्षा छ ।
यसैबीच इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि परराष्ट्र मन्त्रालयमा बसिरहेको छ ।
यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकको इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
सोमबार बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
‘बैठकले थाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय गरेको छ । ’ सचिवालयले भनेको छ ।
त्यस्तै संयन्त्र बैठकले इजरायली पक्षसंग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ ।










