परराष्ट्रमन्त्री र इजरायली राजदूत गोडरबीच भेट, इजरायलमा रहेका नेपालीको सुरक्षाबारे छलफल
- अशोज २१, २०८०
- 0
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासले गरेको आक्रमणबारे नेपालीको सुरक्षा र इजरायलको अवस्थाबारे इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।
आइतबार मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था,सुरक्षा र उद्धार सम्बन्धमा साउदले कुराकानी गरेका हुन् ।
छलफलका क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार,आक्रमणमा परेका नेपालीको उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री सायदको चासोमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाउँदै इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिएको सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







