भूकम्पबाट पूर्ण क्षति भएका घर धनीलाई तत्काल ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

news-details

भूकम्प पीडितको अवस्था अवलोकनका लागि बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५०हजार रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले, पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपश्चात राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक राहतको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भुकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरि पुनर्निमाणका कार्य अघि बढाइने बताएका छन ।

भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न पचास हजार उपलब्ध गराइने तथा भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने उनले बताए ।

यस्तै आवश्यक राहत सामग्रीहरू तत्काल व्यवस्था गरिने र घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताउदै प्रधानमन्त्री प्रचण्डले भुकम्पले निम्त्याएको पहिरोमा परी मृतक भएको परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया