आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन कार्यसूचि
- अशोज १८, २०८०
- 0
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत समेत गर्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







