गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित : अर्को बैठक आगामी बिहीबार
- अशोज १६, २०८०
- 0
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
उनले भने,‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । ६९ हुनुपर्नेमा ६६ भएकोले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचिको कार्यक्रम हटाइएको छ ।’
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत विधेयक छलफलका लागि संख्या नपुगेको हो ।
अर्को बैठक अब बिहीबार दिउँसो १ बजे बस्ने उनले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







