एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
- अशोज १६, २०८०
- 0
नेकपा (एमाले) कोशी प्रदेश प्रदेश कमिटी अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
खतिवडा ५१२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी विनोद ढकालले ४३० मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् ।
त्यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







