लायन्स क्लव अफ काठमाडौं लिटिल बुद्धको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम
- अशोज १४, २०८०
- 0
लायन्स क्लव अफ काठमाडौं लिटिल बुद्धको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पिएमसीसी लायन मानबहादुर रोक्काको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष लायन अमर भट्टराईको अध्यक्षतामा काठमाडौंको जरिबुटीस्थित राजमहल ब्याङ्क्वेटमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।त्यस्तै कार्यक्रमको संयोजकत्व नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष तथा रिजन चेयर पर्सन लायन केदार प्रसाद न्यौपानेले गरेका थिए ।
‘रक्तदान नै जीवनदान हो’ मुल मन्त्रलाई आत्मसात गर्दै अहिले बढ्दो ढेंगुका कारण अस्पतालमा बिरामीहरुको चाप बढिरहेको हुनाले रक्तअभाव हुन नदिन कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष अमर भट्टराईले जानकारी दिए ।
क्लबले रक्तदान बाहेक वृक्षरोपण, खाद्यन्न, लत्ताकपडा वितरण लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको बताउँदै अध्यक्ष भट्टराईले आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै रिजन चेयर पर्सन न्यौपानेले रक्तअभाव भईरहेको समयमा लायन्स क्लब अफ लिटिल बुद्धले रक्तदानको क्षेत्रमा गरेको अतुलनीय योगदानको प्रसंसा गरे । क्लबले आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै जान आग्रह गर्दै उनले यस्ता कार्यहरुमा आफूपनि सँगसँगै साथ र सहयोग गर्दै जाने समेत विश्वास दिलाए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा पिएमसीसी लायन मानबहादुर रोक्काले लायन्स क्लब अफ काठमाडांै लिटिल बुद्धले स्थापनाको छोटो समयमा नै धेरै सामाजिक कार्यहरु गर्न सफल भएको बताए ।
रक्तदान जस्तो सामाजिक कार्य गरि कसैको जीवन जोगाउने कार्य गरेकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन क्लवलाई आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लब अफ तारकेश्वरका एड्भाइजर लायन सरिता पराजुलीले लायन्स क्लब अफ लिटिल बुद्धले गरेको कार्यले आफूलाई आत्मसन्तुष्टि मिलेको भन्दै सबै क्लवहरुले सिक्न जरुरी रहेको बताईन् ।
त्यस्तै कार्यक्रमबाट ३४ पिन्ट रगत संकलन भएको आयोजक समितिले जानकारी दिए ।












