मन्त्री भुसालले गरे पशुपन्छी विकास अन्तर्गतका कार्यालयमा छड्के अनुगमन
- अशोज १२, २०८०
- 0
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।
उनले काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन् ।
कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिदैँ तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीदाई निर्देशन समेत दिएका छन् ।
देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, विरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएको छ ।
लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका सरकारले काम गरिरहेको मन्त्री भुसालको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







