शिक्षकले आज पनि जारी राखे प्रदर्शन, निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप
- अशोज १०, २०८०
- 0
आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
विरोधको क्रममा निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







