सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

news-details

सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया