पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
- अशोज ८, २०८०
- 0
पूर्वमन्त्री रामकुमार श्रेष्ठले भ्रष्टाचार गरेको ठहर भएको छ ।
विशेष अदालतले श्रेष्ठलाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गरेको हो । अदालतले श्रेष्ठसहित तीनजनाालई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो ।
उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। श्रेष्ठ खिलराज रेग्मीको सरकारमा पर्यटनमन्त्री थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







