कोशीमा मन्त्रिपरिषद् विस्तार, दुईजना मन्त्री र दुईजना राज्यमन्त्री थपिए

news-details

कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दुईजना मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।

त्यस्तै, उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना राज्यमन्त्री निरन राई नियुक्त भएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया