नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
- अशोज ८, २०८०
- 0
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेजिङस्थित ग्रेट हल अफ दि पिपलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्तार भएको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीबीच एक समझदारी र १२ वटा सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सो अवसरमा कृषि तथा पशुपंक्षी, प्राविधिक, औषधीजन्य वस्तुको आयात निर्यात, नेपाली तथा चिनीयाँ पुस्तक अनवादलगायतका विषयमा सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसैगरी डिजिटल इकोनोमी प्रवद्र्धन गर्ने विषय र ग्री ऊर्जा प्रवद्र्धन तथा कार्व उत्सर्जनमा कटौतिको विषयमा पनि दुई देशबीच समझादारी भएको हो ।
चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद् र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







