सिंहदरबार दक्षिणी गेटमा तनाव, भित्रै घुसेका वैद्य माओवादीका ११ कार्यकर्ता पक्राउ
- अशोज ५, २०८०
- 0
शिक्षक आन्दोलनका क्रममा, निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने नेकपा माओवादी वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन्।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच धकेला धकेल भएको छ । सो क्रममा प्रहरीले संचाकर्मीलाई समेत ज्याद्दती गरेको छ।
आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपातसमेत गरेको छ। सिंहदरबारभित्र वैद्य माओवादीका विद्यार्थीहरुलाई धरपकड गरिएको दृष्य खिच्ने क्रममा केही फोटो पत्रकारलाई समेत प्रहरीले हातपात गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







