चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
- अशोज ४, २०८०
- 0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, डा. चन्द्र भण्डारीसहित आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।
चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित भएका डा. भण्डारीसहित आठ नेतालाई देउवाले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको पौडेलले जानकारी दिए ।
उनीहरुलाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य मनोनित गरिएको भण्डारीको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







