प्रधानमन्त्री दाहालले गरे न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल
- अशोज ४, २०८०
- 0
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्क गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली समुदाय,व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलको स्वागत् तथा सम्मानमा नेपाली महावाणिज्यदूतावासले न्युयोर्कमा आयोजनामा गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसंग प्रधानमन्त्री दाहालले विविध विषयमा छलफल गरेका हुन् ।
‘दाहालले महामारी रोकथाम,तयारी र प्रतिक्रिया’ विषयक छलफललाई सम्बोधन गरेका हन् ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहालसँग परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतको टोली न्यूयोर्कमा छन् ।
प्रधानमन्त्री प्रचण्डले आज महासभालाई सम्बोधन गर्दैै छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







