एमालेले आज सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्दै

news-details

नेकपा एमालेले तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको सम्झनामा आज सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

एमालेले हालै दिवङ्गत नेता नेम्वाङको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ ।

विचार गोष्ठी अन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया