नेपाल देशभक्त युवा शक्ति केन्द्रको आयोजनामा वृहत् रक्तदान कार्यक्रम

news-details

नेपाल देशभक्त युवा शक्ति केन्द्रको आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको नयाँ वानेश्वरमा सम्पन्न कार्यक्रमको संयोजकत्व केन्द्रका अध्यक्ष केशव सिलवालले गरेका थिए ।

त्यस्तै कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरेको थिए । सहयोगी संस्थाहरुमा काठमाडौं महानगरपालिका वडा नं. १०, वडा नं ३१, छक्कु, वक्कु समिति, नयाँ मार्ग टोल सुधार समिति, वानेश्वर एकता समाज, देउराली क्लव, समाज सुधार समिति, नयाँ वानेश्वर व्यापार व्यवसायी संघ, हाम्रो वानेश्वर, थापागाउँ सुधार समिति, थर्ड आई युथ क्लव पञ्चकुमारी विकास समिति, नव सनराईज युवा क्लव, सुरेन्द्र ढकाल प्रतिष्ठान, बुद्धनगर एकता टोल विकास समिति र किङ्ग कम स्पोर्ट क्लवको सहयोग रहेको थियो ।

त्यस्तै नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष केदरप्रसाद न्यौपानेले पनि कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष केशव सिलवाले केन्द्र स्थापना भएपछि पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए । अहिले डेंगुका कारण विभिन्न अस्पतालहरुमा रक्तअभाव भईरहेको अवस्थामा त्यसलाई परिपूर्ति गर्नका लागि कार्यक्रमको आवश्कता रहेको उनले बताए ।

साथै केन्द्रले आगामी दिनहरुमा पनि रक्तदान लगायत यस्ता थुप्रै सामाजिक कार्यक्रम निरन्तर गर्दै जाने प्रतिवद्धता अध्यक्ष सिलवालले बताए ।

नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष न्यौपानेले केन्द्रले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै जान आग्रह गरे । साथै आफूले निरन्तर साथ र सहयोग गर्ने समेत उनले बताए ।

कार्यक्रममा केन्द्रका कार्यसमिति सदस्यहरु समिर श्रेष्ठ, अभिषेक पौडेल, सुनिल उपाध्यय, संगम थापा , तिर्थ चन्द, केशव भट्ट, महेश्वरी सिलवाल, येदु रानामगर र सिद्धि दातृ उपाध्ययको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमबाट ७७ पिन्ट रगत संकलन भएको आयोजक समितिले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया