आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
- भदौ ३१, २०८०
- 0
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुको साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसको कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा अन्य भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका केही स्थानहरू भने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







