प्रधानमन्त्री दाहाल आज अमेरिका प्रस्थान गर्दै
- भदौ ३०, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
उनको अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।
उनी चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन् । उनको चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा र ली छियाङसँग बेइजिङमा भेट गर्ने कार्यतालिका छ ।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुने छन् । उनी २५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







