रामेछापको सुनापतिमा बस दुर्घटना, तीन जना गम्भीर घाइते
- भदौ २७, २०८०
- 0
सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् ।
रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिए ।
बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ बढी यात्री सवार थिए । गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य ६ जनालाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







