सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक विदा
- भदौ २६, २०८०
- 0
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।
‘मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ’ उनले भने ।
सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । उनका छोराहरु देश बाहिर रहेकाले अन्त्येष्ठिको दिन तोकिएको छैन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







