सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
- भदौ २६, २०८०
- 0
नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछी अवरुद्ध भएको छ ।
सडकखण्डको टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको इलाका प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारी साधन बाटोमै रोकिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
सम्बन्धित शीर्षकहरु










