समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित
- भदौ २६, २०८०
- 0
चार दल सम्मिलित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशमा हुने सन्देश सभा स्थगित भएको छ ।
एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि आज हुने भनिएको सन्देशसभा स्थगित गरिएको हो ।
सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







