निजामती विधेयक ट्रेड युनियन अधिकार व्यवस्थामा हामीले केही परिवर्तन गरेका छैनौं : प्रधानमन्त्री
- भदौ २२, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् ।
शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् ।
उनले भने,‘ ट्रेड युनियन अधिकारको व्यवस्थामा हामीले केही पनि परिवर्तन गरेका छैनौं । त्यसमा तपाईहरु ढुक्क रहनुहोला । हामीले यो प्रसाशनलाई कसरी बलियो बनाउने भन्ने बारे हामी सबैले विचार गर्नुपर्छ ।’
सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए ।
प्रधानमन्त्री दाहालले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको जानकारी समेत दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







