खेमराज गुरुङ स्रष्टा सम्मानद्धारा भजन शिरोमणी भक्तराज आचार्य सम्मानित
- भदौ २०, २०८०
- 0
स्वर्गिय गायक खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई सम्मान प्रदान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा ट्रष्टले विगतका वर्षहरुमा झैं यस वर्ष भजन शिरोमणी आचार्यलाई द्धारा सम्मान प्रदान गरिएको हो ।
वि.सं २०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएसँगै नेपाली गीत संगितको क्षेत्रमा गर्विलो उपस्थिति जनाउनुभएका आचार्यका राष्ट्रिय गीत, बालगीत, आधुनिक गीत, चलचित्र पाश्र्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगित र २५ वटा अरुका संगीतका गरेर ४ सय गीत रेकर्ड छन् ।
हजार सपनाह्ररुको माया लागेर आउँछ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा लगायत दर्जनौ कालजयी गीतमार्फत नेपाली गीत संगीतको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याउनुभएको आचार्यलाई ट्रष्टले सम्मान गरेको हो ।
उहाँलाई ट्रष्टले ५० हजार रुपैयाको राशिसहित सम्मान प्रदान गरेको हो । यसअघि वरिष्ठ गीतकार रत्नसम्सेर थापा, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, वरिष्ठ जनपक्षिय गायक रामेश र वरिष्ठ गायक दीप श्रेष्ठ सम्मानित भईसकेका छन् ।
त्यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार विशिष्ट गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको छ । रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी आधुनिक संगित सम्मेलन २०५९ मा प्रथम स्थान हासिल गर्नुभएका बस्नेतलाई दर्जनौ लोकप्रिय गीत रचना गरेर नेपाली गीतसंगीतको क्षेत्रमा योगदान गरेवापत नगद २० हजार रुपैयासहीत सम्मान गरेको हो ।
साथै यसअघि यो पुरस्कार गायीका मेलिना राई, गायकहरु क्रमशः ओमप्रकाश राई, सुसन लामा र भविन ढुंगानालाई प्रदान गरिसकिएको छ ।
स्वर्गीय गायक खेमराज गुरुङको स्मृतिमा खेमराज गुरुङ ट्रष्ट स्थापना भएको हो । नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको जर्गेर्ना गर्नका लागि विभिन्न नयाँ तथा पुराना प्रतिभा, स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै हौसला प्रदान गर्ने उद्देश्यले २०७४ सालमा स्थापना गरिएको हो ।
वारि जमुना, पारि जमुना, आलु तामाले, धरानै बजार लगायत दर्जनौ लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीकै दिन निधन भएको थियो र यसै दिनको सम्झनामा यो पुरस्कार प्रदान गरिदैं आएको छ ।










