लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि मतदान सुरू
- भदौ १९, २०८०
- 0
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।
शनिबारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार बिहानलाई सारिएको थियो । मतदात मंगलबार बिहान देखि सुरु गरिएको हो ।
अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिष्पर्धा छ ।
कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







