प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचि
- भदौ १८, २०८०
- 0
प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक १ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।
साथै, सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







