गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु सेनाद्वारा निस्क्रिय
- भदौ १६, २०८०
- 0
आँबुखैरेनी सडकखण्डअन्तर्गत कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
केहीबेर अघि पुगेको सेनाको टोली उक्त वस्तु निष्क्रय पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए।
शनिबार बिहान ५ बजे मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। त्यसपछि सडकमा सवारी आवागन ठप्प भएको थियो ।
शंकास्पद वस्तु निस्क्रिय भएसँगै सडक खुलेको छ। प्रेसर कुकरभित्र बारुद, सिसाका टुक्रा, र लाइटर भेटिएको प्रकहरीले जनाएको छ। शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको एसपी श्रेष्ठले बताए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







