आज काठमाडौं महानगरपालिकामा सार्वजनिक विदा
- भदौ १५, २०८०
- 0
काठमाडौं महानगरपालिकाले आज शुक्रबार सार्वजनिक विदा दिएको छ ।
सापारु र रोपाइँ जात्राको अवसरमा सार्वजनिक विदा दिइएको महानगरले जनाएको छ ।
‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भदौ १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भदौ १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







