पाल्पामा स्कर्पियोमाथि पहिरो खस्दा तीनजनाको मृत्यु, ५ जना घाइते

news-details

पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कर्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको हो ।

पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया