यस वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन
- भदौ १३, २०८०
- 0
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ ।
समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो ।
बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोहीदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समेत समितिले आग्रह गरेको छ ।
समितिका अनुसार बुधबार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ । बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ । सोहीकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्। उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








