समिति सभापतिसँग परार्मश गर्दै सभामुख
- भदौ १३, २०८०
- 0
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्र्तगतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले आज (बुधबार) बिहान ११ बजे संसद सचिवालय सिंहदरबारमा रहेको कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल कार्यक्रम राखेका हुन् ।
छलफल समितिको काम कारवाहीसहित विषयमा हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिका सभापतिहरू निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोजनु भएको हो ।’
प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्वसहमतिबाट निर्वाचित भएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







