संसदीय समिति सभापतिबारे निर्णय गर्न बसेको राप्रपा बैठक निष्कर्षविहीन, ७ बजे पुनः बस्ने
- भदौ ९, २०८०
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बेलुका ७ बजे पुन बस्ने भएको छ ।
शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफल भएपनि ठोस निर्णयमा नपुगिएको संसदीय दलको उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।
उनले भने, ‘संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा ठ्याक्कै निर्णय भएको छैन् । हाम्रो आफ्नो तर्फबाट के तयारी गर्ने भन्ने छलफल भएको छ । बेलुका फेरी ७ बजे बैठक बस्नेछौं ।’
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







