गौरा पर्वलाई ‘राष्ट्रिय पर्व’ घोषणा गर्ने प्रधानमन्त्रीको घोषणा
- भदौ ७, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० विशेष कार्यक्रमलाई सम्बोधन गर्दे उनले सुदुरपश्चिमका जनताको भावनालाई कदर गरेर मन्त्रिपरिषद्बाटै गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने घोषणा गरे ।
उनले भने, ‘गौरा पर्वको हिजो मात्र मन्त्रिपरिषद्को बैठकमा चलेको छ । हामीले यसलाई सकरात्मक मात्र होईन सुदुरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रष्ट गरेका छौं । आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिएर मन्त्रिपरिषद्मा जाने घोषणा गर्छु ।’
उनले यस पर्वमा सार्वजनिक बिदा घोषणा गर्ने प्रतिवद्धता जनाउँदै भने,‘ यो पर्वको दिन बिदाको निम्ती घोषणा गरिने विश्वास पनि दिलाउँन चाहान्छु ।’
उनले सुदुरपश्चीम र कर्णालिका जनताको जीवनमा समृद्ध नआउँदासम्म नेपालमा कुनै समृद्धि हुन नसक्ने बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







