मिस नेपालसँग ‘रोटरी क्लव अफ बाग्मती र राजधानी’को अन्तरक्रिया
- भदौ ६, २०८०
- 0
रोटरी क्लव अफ बाग्मती काठमाडौं र रोटरी क्लव अफ राजधानीले सयुक्तरुपमा मिस नेपाल श्रृष्छा प्रधानसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
काठमाडौंको ठमेलमा अवस्थित होटल बाराहीमा दुवै क्लवका पदाधिकारी, कार्यसमिति सदस्य, एसिस्टेन्ट गर्भनर र अन्य अतिथि रोटरियनको सहभागितामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
‘इन्करेजिङ युथ टु स्पिक अप’ विषयक अन्तरक्रिया कार्यक्रममा मिस नेपाल प्रधानले आफ्नो मिस नेपालसम्मको यात्रा र आगामी कार्ययोजनाका बारेमा धारणा राखेकी थिइन । सो अवसरमा उनले युवाको कल्पना शक्तिले कुनै पनि कुरा असम्भव नरहेको बताइन । ‘युवा परिवर्तनका संवाहक हुन, परिवर्तनप्रति उनीहरु सदैव उत्साहित हुन्छन र उनीहरुलाई परिवर्तन प्रिय लाग्छ’ उनले भनिन ।
विश्वव्यापी सरोकारका मुद्धामा युवाको भूमिका सदैव अग्रगामी, रचनात्मक र नेतृत्वदायी हुने गरेको बताउदै मिस नेपाल प्रधानले भनिन ‘उच्च आत्मविश्वासका साथ लाग्न सके हामीले चाहे जस्तो संसार निर्माण गर्न सक्छौ, तर त्यसका लागि इमान्दार प्रयत्नको खाचो छ ।’
कार्यक्रममा सहभागी रोटरियन तथा रोट्रयाक्टरहरुले मिस नेपाल प्रधानसँग विभिन्न जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा आयोजक रोटरी क्लव अफ बाग्मति काठमाडौकी अध्यक्ष मञ्जु धमला थापा र रोटरी क्लव अफ राजधानीका अध्यक्ष केपी उपाध्यायले आफ्ना क्लवले विशेष महत्वका साथ अगाडि बढाइरहेका परियोजनाबारे जानकारी दिएका थिए ।










