एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
- भदौ ६, २०८०
- 0
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।
बुधबार बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान ८ बजेदेखि बैठक सुरू हुनेछ ।
मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ ।
अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए ।
बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







