राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक बस्दै
- भदौ ६, २०८०
- 0
राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक आज फेरि बस्ने भएको छ ।
बुधबार शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।
मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक स्थगित भएको थियो । हिजो दिउँसो दुइ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाइ स्थगित भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







