नवनियुक्त प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ
- भदौ ५, २०८०
- 0
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले, पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल,उप–राष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे,वैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए।
श्रेष्ठलाई संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएको थियो। उनले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







