सुनौलाबजार नेवारपानी समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा अभिनन्दन

news-details

सुनौलाबजार नेवारपानी समाजद्वारा शैक्षिक सामाग्री वितरण तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित नेवारपानी आभारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै विद्यालयका सहयोग गर्ने ३ जना व्यक्तित्वलाई अभिनन्दन गरीएको समाजका सह सचिव पुरुषोत्तम दाहालले जानकारी दिएका थिए ।

सुनौलाबजार नेवारपानी समाजका अध्यक्ष रविन्द्र रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय जेष्ठ नागरिक भीम प्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो । आफ्नो जन्मभुमी प्रति केहि सहयोग गरौं भनेर आफुले कखरा सिकेको विद्यालयमा पढ्ने भाईबहीनीहरुलाई शैक्षिक सामाग्री सहयोग गरीएको समाजका अध्यक्ष रविन्द्र अधिकारीले जानकारी दिए।

नेवारपानीमा जन्मिएर काठमाण्डौँमा विभिन्न पेशा,व्यवसाय गरेर बस्नेहरुले काठमाण्डौँमा संस्था दर्ता गरेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको उपाध्यक्ष शिवराज अधिकारीले बताए।

समाजले अब कोष नै खडा गरेर गाउँको विकासमा सहयोग गर्ने लक्ष्य रहेको समाजका कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारीको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार तथा समाजसेवी सरोज अधिकारीले नेवारपानी आधारभुत विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि सहयोग गर्ने विश्वास दिलाए।

आफ्नो जन्मभुमीलाई सहयोग गर्नको लागि आफु तयार रहेको भन्दै अधिकारीले विद्यालयको विकासको लागि समाजले केहिन केहि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले काठमाण्डौमा बसेरपनि जन्मभुमिलाई सहयोग गरेको भन्दै धन्यवाद समाजलाई धन्यवाद दिदैं आगामी दिनमा पनि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अवसर पारेर विद्यालयलाई सहयोग गर्ने ३ जनालाई प्रमाण पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरीएको छ। कार्यक्रममा पुर्व विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद अधिकारी, मेघराज अधिकारी र विद्यालयका सहायक कर्मचारी बेदनिधि दाहाललाई अभिनन्दन गरीएको थियो।

त्यस्तै कार्यक्रममा बद्रिनाथ अधिकारी,साहित्यका डा.नविनबन्दु पहाडी, भवनाथ अधिकारी, विश्वराज अधिकारी, सरोज अधिकारी, विद्यालयका प्रधानाध्यापक मायाँनाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल उपरकोटी लगायतले सम्बोधन गरेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया