सर्वदलीय बैठकमा पनि जुटेन संसद खोल्ने सहमति, बैठक भोलि फेरि बस्ने

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन बोलाएको छलफल पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेता सहभागि बैठकमा संसद खोल्ने विषयमा छलफल भएपनि निष्कर्षविहीन भएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँगको बैठकमा भोलि थप छलफलमा जुट्ने सहमति भएको उनको भनाई छ ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको दाबी गरेका उनले भने ‘भोलि बस्ने बैठकले यसलाई टुङग्याउछ र सदन चल्छ । सिआईबी सही ढंगले अगाडी बढेको छ । र सिआइबीले सहि ढंगले काम गर्छ भन्ने विस्वास गृहमन्त्रीले दिलाउनु भएको छ । भोलिको बैठकले के गर्ने भन्ने तय हुन्छ ।’

आजको बैठकमा एमालेले समितिको अडान राखेको थियो भने गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले जानकारी दिए । अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागगर्दै गएको साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया