प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मलाई स्थगित
- भदौ ३, २०८०
- 0
सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।
नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
सम्बन्धित शीर्षकहरु










