नेकपा एसको पोलिटब्युरो बैठक बस्दै
- भदौ ३, २०८०
- 0
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज(आइतबार)बाट सुरु हुने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आइतबार र सोमबारका लागि पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले भदौ ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय गरेको छ । बैठकहरूमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारसहितका विषयमा छलफल गर्ने छ ।
आगामी माघमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एलेले यसअघि साउनको तेस्रो साता नै केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, आन्तरिक तयारीलाई देखाउँदै बैठक भदौका लागि सारिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







