बंगलादेशबाट आज थप ५०० पर्यटक नेपाल आउँदै
- भदौ २, २०८०
- 0
बंगलादेशबाट शनिबार थप ५०० पर्यटक नेपाल आउँदै छन्। बोर्डका निर्देशक मणि लामिछानेका अनुसार चार्डड जहाजबाट बिहान ११ बजेर ४० मिनेटमा १७५ जना काठमाडौं ओर्लिने छन्। बाँकी साँझ साढे ५ बजे आइपुग्ने छन्।
यसअघि शुक्रबार २०० पर्यटकको टोली नेपाल भ्रमणमा आइपुगेको थियो। नेपाल भ्रमणमा आएको बङ्गलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डका सदस्यले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
शुक्रबार शुरु भएको अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरू नेपाल आएका हुन्। सम्मेलन सकिएलगत्तै पालका प्रमुख पर्यटकीय गन्तव्य घुम्ने उनीहरूको योजना छ। पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







