राष्ट्रपति पौडेलसमक्ष बेलायती राजदुतद्वारा ओहोदाको प्रमाणपत्र पेश
- साउन ३२, २०८०
- 0
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त आवासीय राजदुत रोर्वट डोमिनीक रोस्यल फिनले ओहोदाको प्रमाण प्रस्तुत गरेका छन् ।
बिहीबार राष्ट्रपति निवास पुगेर राजदुत फिनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले यसअघिका राजदुत निकोला पोलिटलाई प्रतिस्थापन गर्नेछन् ।
यसअघि उनी सन् २०१८ देखि २०२२ सम्म जार्कातामा डेपुटि हेड अफ मिसनको रुपमा कार्यरत थिए ।
त्यस्तै समाजवादी गणतन्त्र भियतनामका गैरआवासिय राजदुत न्युह्ेन थान हाईले नि आजै राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







