गाडी भाडा बढ्यो, कहाँको कति ? (सूचिसहित)
- साउन ३१, २०८०
- 0
यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ ।
डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै लागू हुनेछ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडादर पनि समायोजन हुने गरेको छ ।
विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण गर्दै आएको छ ।विभागका अनुसार यात्रुवाहक सवारीका साधनको भाडादर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।
डिजेलको बजार मूल्य १४४ रुपैयाँ रहेकोमा हाल बढेर १६५ रुपैयाँ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







