आज मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतकी अनितादेवी सरकारमा सहभागि हुँदै
- साउन २८, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागि हुने भएको छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सम्भवत आज(आइतबार) नै जनमत पार्टीलाई सरकारमा सहभागि गराउने छन् ।
असार २७ गते नै दाहालले जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागि गराउने तयारी गरेका थिए । तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागि गराउने छन् ।
जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागि एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ । संबैधानिकरुपमा मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढिको बनाउन पाहिने छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







