मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने
- साउन २७, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन ।
प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन ।
दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एक जना मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी भईरहेको छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना रहेको बताइएको छ ।
जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।
जनमत पार्टीका प्रवक्ता डा।शरदसिंह यादवले आइतबारसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







