कांग्रेसले बोलायो १ बजे संसदीय दलको बैठक, सांसद शर्मा पक्राउदेखि संसदको अवरोधका विषयमा छलफल हुने
- साउन २६, २०८०
- 0
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार (आज) दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो ।
बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ । साथै, संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ ।
त्यस्तै, जनताका जनजीविकाका मुद्दाबारे डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणबारेमा बैठकमा छलफल हुनेछ । सोही सन्दर्भमा कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







